खाँडादेवी गाउँपालिकाभित्र यसै बर्ष अस्पताल सञ्चालनमा आउने
३१ साउन, रामेछाप ।
गाउँपालिकाभित्रका नागरिकहरुलाई सहज र सर्वसुलभ ढंगेले स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य उदेश्यको साथ खाँडादेवी गाउँपालिकाले अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको छ । यस आर्थिक बर्षबाटै अस्पताल निर्माणको काम अगाडि बढाएर सेवा सञ्चालनमा ल्याउने योजना गाउँपालिकाले अगाडि सारेको हो ।
आर्थिक बर्ष २०७५÷ ०७६ सम्पादन गरेको कामको बारेमा जानकारी दिन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले यही आर्थिक बर्षत्रिभ नै डाक्टर सहितको अस्पताल सञ्चालनमा ल्याउने बताएको हो । त्यसैगरी गाउँपालिकाको पहलमा वडा नं ३ भिरपानीको लाप्का क्षेत्रलाई समेट्ने गरी सामुदायीक सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाबाट सञ्चालित सबै योजनाहरु पारदर्शी रहेको बताए । उनले विकास निर्माणको काममा नागरिकहरुको साथ र सहयोग लिएर नै अगाडि बढने प्रतिबद्धता व्यक्त गरे । उनले दुई बर्षको अवधिमा गाउँपालिकाभित्र सडकको सडक कालोपत्रको काम अगाडि बढेको बताउदै विद्युतीकरण, खानेपानी, कृषि लगायतको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।
कार्यक्रममा पूर्व सभासद तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, नौ वटै वडाका वड अध्यक्षहरु, वडा सदस्यहरु र नागरिकहरुको सहभागीता रहेको थियो ।