पूर्व सभासद श्रेष्ठको आक्रोशः जनप्रतिनिधिहरु शासक होइनन



३१ साउन, रामेछाप ।
नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले जनप्रतिनिधिहरुलाई जनताको भावना अनुसार काम गर्न आग्रह गरेका छन् । उनले जनप्रतिनिधिहरुसँग नागरिकहरुको गुनासो बढदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शासक भन्दा पनि सेवक भएर काम गर्न आग्रह गरेका छन् ।

खाँडादेवी गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभासद श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिहरुलाई नागरिकको गुनासो सुनेर काम गर्न आग्रह गरे । उनले भने,‘जनप्रतिनिधिहरुलाई शासक हैन जनताको सेवक भएर काम गर्न जनताले मत दिएका हुन्, जनतामाथि माथि छु भन्ने जनप्रतिनिधिहरु सकिएर जान्छन ।’

प्रतिक्रिया दिनुहोस्