नेकपाको उपाध्यक्षमा वामदेव गौतम



३१ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सचिवालय सदस्यसमेत रहेका नेता गौतमलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई गौतमले स्वीकार गरेको बताइएको छ । अहिले नेकपामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र विष्णु पौडेल महासचिव छन् । बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ ।

३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्। सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् भने नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् भने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्