झुठ्ठा आरोप नलगाउन कांग्रेसलाई अध्यक्ष सुनुवारको चेतावनी



३२ साउन, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले झुठ्ठा आरोप नलगाउन नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । उनले जनप्रतिनिधिहरु सबै गलत नभएको बताउदै भ्रष्टचार गरेको प्रमाणित गर्न पनि चुनौती दिएका हुन् ।
केही दिन अघि नेपाली कांग्रेस रामेछापका गत निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा जनप्रतिनिधिहरु भ्रष्टचारमा लिप्त भएको आरोप लगाइएको थियो ।

आरोपको खण्डन गर्दै अध्यक्ष सुनुवारले जनताको चाहना र भावना अनुसार नै काम गरिरहेको बताउदै भ्रम सृजना गर्ने गरी गोलमोटल आरोप नलगाउन काग्रेसलाई चेतावनी दिएका छन् । ‘कसले कहाँ कति भ्रष्टचार गरेको छ, कुन शीर्षमा कति भ्रष्टचार भयो त्यसको प्रमाण सहित भ्रष्टचार गर्ने व्यक्तिको नाम सार्वजनिक गर्नुहोस’, उनले भने,‘ आरोपको लागि आरोप मात्र नलगाउनुहोस, हावादारी आरोप लगाउने काम बन्द गर्नुहोस ।’

आफ्नो गाउँपालिकाभित्र सडक, शिक्षा, औषधी, खानेपानी लगायतको क्षेत्रमा दुई बर्षको अवधिमा धेरै सुधारको काम भएको बताउदै कांग्रेसले सत्य तथ्य विषय समावेश गरेर मात्र बोल्न आग्रह गरे । अध्यक्ष सुनुवारले उमाकुण्ड गाउँपालिकाभित्र भएका सबै विकास निर्माणको पारदर्शी भएको बताए ।

कुनै व्यक्ति विशेषको घटनालाई लिएर समग्र रामेछापका जनप्रतिनिधिहरु नै खराब छन भन्ने अभिव्यक्तिलाई सच्याउन पनि अध्यक्ष सुनुवारले काग्रेसका तत्कालिन उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्