प्रचण्डलाई रामेछाप आउन ‘वादल’ बाधक



३२ साउन, रामेछाप ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप आउनको लागि वालद बाधक बनेको छ । आज बिहान १६ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन आउने कार्यक्रम थियो । अन्तिम समयमा दोरम्बाको डाँडाकटेरी क्षेत्रमा बाक्लो कुहिरो र बादल लागेपछि प्रचण्डको दोरम्बा जाने कार्यक्रम स्थगित भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले रामेछाप न्युजलाई जानकारी दिए ।

२०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जा गरेर नेकपाका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको छ । हत्या गरिएको स्थल डाँडाकटेरीमा २१ जना शहीदहरुको अर्धकदका शालिक अनावरण गर्न आउने प्रचण्डको कार्यक्रम स्थगित भएको थियो ।

प्रचण्डको भाषण सुन्नको लागि जिल्ला भरबाट नेता र कार्यकर्ता सहभागी भएका थिए । गत बर्ष दोरम्बा हत्याकाण्ड भएको १५ बर्षपछि पहिलो पटक प्रचण्ड दोरम्बामा आएर एक रात बास बसेका थिए ।
प्रचण्डको दोरम्बा आउने कार्यक्रम स्थगित भएपछि तीन नम्बर प्रदेशका सह–इन्चार्ज हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दोरम्बा हत्याकाण्डमा शहीद भएका परिवारहरुलाई सम्मान गरिएको थियो । नेकपा जिल्ला कमिटी रामेछापको आयोजनामा भएको कार्यक्रम यस बर्ष डाँडाकटेरीमा नै मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्