रामेछाप विद्युत प्राधिकरणको प्रमुख अधिकारी पुरस्कृत



२ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी सम्मानित भएका छन् । रामेछाप जिल्लामा उत्कृष्ट काय सम्पादन मुल्याङकनको आधारमा अधिकारीलाई पुरस्कृत गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण ३४ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उर्जा मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रमुख अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन् ।


रामेछाप जिल्लामा काठको पोल हटाएर स्टीलको पोल राखेको, विद्युत चुहावट नियन्त्रण गरेको र एक बर्षको अवधिमा विद्युतको ग्राहकको संख्या बढाएको आधारमा अधिकारीलाई पुरस्कार दिएको हो । प्राधिकरणले अधिकारी सहित एक दर्जन भन्दा बढी कर्मचारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्