रामेछाप जिल्लाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण हुँदै



राजन महतारा क्षेत्री

४ भदौ, रामेछाप । सरकारल वितरण सुरु गरेको राष्ट्रिय परिचयपत्र रामेछाप जिल्लामा पनि सुरु हुने भएको छ । रामेछाप जिल्लामा यस अर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र वितरण गर्दा कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जिल्लाको ८ वटै स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरुसँग छलफल गरेको छ ।


नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरणको कामलाई रामेछाप जिल्लामा पनि कसरी व्यवस्थित र मर्यादित रुपमा सन्चालन गर्ने विषयमा जनप्रतिनिधि र राजनीति दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षता भएको कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, प्रदेश सभा सांसद शान्ति पौडेल, पुर्व सांसद तारानारायण श्रेष्ठ, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की लगायत सहभागीले परिचयपत्रमा समावेश हुने सबै कुराहरु व्यवस्थित हुनुपर्नेमा जोड दिए ।


राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक चोलेन्द्र न्यौपानेले परिचयपत्रको उद्धेश्य, उपयोग, फाईदा, राष्ट्रिय परिचयपत्रमा समावेश हुने विवरणहरु लगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्