नेकपा रामेछापको एकताः नेताहरुद्धारा वादललाई ‘ब्रिफिङ’



५ भदौ, काठमाडौं ।
रामेछापको आठ वटा स्थानीय कमिटीको एकताको बारेमा नेकपाका तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलको नेतृत्वमा रामेछापका जिल्ला नेताहरुले सचिवालय सदस्य रामबहादुर थापा वादललाई जानकारी गराएका छन् । रामेछापको दुई वटा नगर कमिटी, छ वटा गाउँ कमिटी र ६४ वटा वडा कमिटीको एकताको काम अगाडि बढेको छ ।

नेकपा रामेछापका इन्चार्ज देव शकंर पौडेल, तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना एवं नेकपा रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेल, नेकपा रामेछापका सचिव शान्ति पौडेलले हालसम्म रामेछापमा पार्टी एकीकरणको कामको बारेमा गृह समेत रहेका सचिवालय सदस्य वादललाई जानकारी गराएका हुन् ।

नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेलले जिल्लामा पार्टी एकीकरणको बारेमा सचिवालय सदस्य वादललाई जानकारी गराएको रामेछाप न्युजलाई बताए । उनले भने,‘समसामयिक विषयमा सचिवालय सदस्य वादलसँग कुराकानी भो ।

प्रतिक्रिया दिनुहोस्