सशस्त्र प्रहरीद्धारा रामेछापको मन्थलीमा रक्तदान
६ भदौ, रामेछाप ।
रगतको अभाव हुन नदिनको लागि शसस्त्र प्रहरीले रामेछापको सदरमुकाम मन्थलीमा रक्तदान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले आयोजना गरेको रक्तदान कार्यबmम सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले समेत रक्तदान गरेका हुन ।
रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाईटीले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका मन्त्रि जय प्रकाश श्रेष्ठले बताए । सोसाइटइीले रक्तदाताहरुलाई धन्यबाद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।