श्रीमती बलात्कार गरेको आरोपमा रामेछापका युवा प्रहरीको फन्दामा



६ भदौं ।
वलात्कारमा संलग्न दोषीलाई पक्राउ गरिएको त सुनिएकै हो । तर श्रीमानले श्रीमतलाई बलात्कार गरेको घटना विरलै बाहिर आउने गरेका छन् । दस बर्ष अघि विवाह गरेका रामेछाप एक दम्पतीको बीचमा अनौठो घटना भएको छ । श्रीमतीले आफूलाई श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि दस बर्षदेखि सँगै बस्दै आएका श्रीमान पक्राउ परेका छन् ।

आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती हरिमाया (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् घनश्याम (नाम परिवर्तन)लाई पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।


प्रहरीको अनुसार १० वर्षअघि विवाह भएको दम्पतीको आठ वर्षको एक छोरा रहेको छ । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गरिएको छ । पक्राउ परेका श्रीमानलाई लुकी ऐन जबर्जस्ती करणीको महल ३ ९६० मुलुकी अपराधऐन२०७४ को २१९ कोउपदफा ४ मा ब्यबस्था भय बमोजीम सजाय हुने ेबताइएको छ ।

प्रतिक्रिया दिनुहोस्