रामेछापमा १५ बर्षिय युवतीद्धारा आत्महत्याः एक बर्षमा मात्र जिल्लामा ४३ जनाले ज्यान गुमाए



७ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–ं ६ होदिलमा एक किशोरीले आत्महत्या गरेकी छिन् । आज १२ बजेको समयमा १५ वर्षीय अस्मिता विकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

आफ्नै सुत्ने कोठामा गाई भैसीलाई बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरी प्रयोग गरेर आत्महत्या गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय रामेछाप ल्याइएको र घटनाको वारेमा अनुसन्धान भइरहेको छ । रामेछाप जिल्लामा मात्र एक बर्षमा ४३ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्