अब खाना ग्यास सिलिण्डरबाट होइन, विद्युतबाटै पाक्छः कुलमान घिसिङ



८ भदौ, काभ्रे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि नयाँ काम गरेर जनताको मन जित्न सफल भएका छन् । घिसिङले अब ग्यास सिलिन्डरको सट्टा बिजुलीबाट खाना पकाउने अभियानको सुरु गरेका हुन् । काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ ।

तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर घिसिङले चुल्होको प्रयोगका कारण वितरण प्रणालीमा प्राविधिक समस्या आउन नदिने घोषणा गरे ।

सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार ६७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के दिएको छ । तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने बताएको छ ।

कार्यक्रममा घिसिङले तीन वर्षअघि लोडसेडिङ रहेको भएपनि अहिले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने अवस्थामा प्राधिकरण आइपुगेको बताए । हिजोको जस्तो अवस्था नरहेको बताउदै उनले भने,‘अब गाडी पनि विद्युतबाटै चल्छ, खाना पनि विद्युतबाटै पाक्छ, पानी पनि विद्युतीय चुल्होमै तात्छ,यो भनेको हामी आत्मर्भिरता हुने संकेत हो ।’

यसका लागि नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढाएको घिसिङले बताए । कार्यक्रममा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङलाई स्थानीयले भव्य रुफमा सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्