रामेछाप ल्याङ्गल्याङ्गका स्थानीय दंग !



८ भदौ, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ती स्वास्थ्य शिविर रामेछाप नगरपालिका– ९ ल्याङ्गल्याङ्गमा सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको घुम्ती शिविरमा वडा नम्बर ९ ल्याङ्गल्याङ्गका ६० जनाले सेवा लिएका छन ।

शिविरमा भिडियो एक्सरे, ल्याब,जनरल उपचार सेवा,सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक रामशरण पौडेलले बताए । रामेछाप नगरपालिकाले नगरभित्रका सबै वडाका दुर्गम ठाउँमा पुगेर नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

गत वर्षदेखि रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निःशुल्क घुम्ती स्वास्थ्य शिविरलाई यस वर्ष पनि निरन्तरता दिएको हो । विशेषगरी गर्भवती महिला र वृद्धवृद्धालाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादर थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्