चौलागाईलाई सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखको जिम्मेवारी



९ भदौ, काठमाडौं ।
नेकपाको सचिवालय बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा हेरफेर गरेको छ । बैठकले राष्ट्रिय सुरक्षा विभागका प्रमुखमा भानुभक्त ढकाल र उपप्रमुखमा रामकुमार राईलाई तोकेको छ ।

विदेश मामिला विभागका उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ । प्रादेशिक मामिला विभागका उपप्रमुखमा डोरमणि पौडेललाई चयन गरिएको छ । सहकारी तथा गरीबी निवारण विभागका उपप्रमुखमा कमल चौलागाईंलाई तोकिएको छ । यसअघि सहकारी विभागमा धर्मदत्त देवकोटा थिए उनलाई सहकारी विभागबाट हटाइएको छ ।


चौलागाई पार्टी एकीकरण गनुपूर्व तत्कालिन माओवादीबाट केन्द्रीय सदस्य भएका थिए । रामेछाप निवास चौलागाईले पार्टीले दिएको जिम्मेवारी अनुसार परिणाम दिने गरी काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीले गहन जिम्मेवारी दिएको छ, मन बचन र कर्मको साथ पूरा गर्छु ।’

प्रतिक्रिया दिनुहोस्