रामेछापमा बोलेरेको ठक्करबाट पत्रकार राजन महतारा घाइते



९ भदौ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्कमा बोलेरोले मोटरसाइकललाइ ठक्कर दिँदा रामेछाप न्युजकर्मी पत्रकार राजन महतारा क्षेत्री घाइते भएका छ्न । ज १ च १४४० नम्बरको बोलेरोले पत्रकार महतारा सवार बा ७० प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको हात र खुट्टामा चोट लागेको छ।

रामेछाप सामुदायिक आस्पतालमा उपचार पछि उनी घर फर्किएका छ्न । बाबियाखर्कको ओरालो बोलेरोको ब्रेक नलागेपछि मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । पत्रकार महतारा ठूलो दुर्घटनाबाट जोगिएका छ्न । रामेछाप न्युज परिवार घाइते पत्रकार महताराको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्