रामेछापको सुनारपानीमा मध्य रातमा ट्रकमा आगो लाग्यो



१० भदौ, रामेछाप ।
रामेछापमा रोकी राखेको मिनी ट्रकमा आगो लागेको छ । राती पौन १ बजेको समयमा रोकी राखेको ट्रकमा आगलागी भएको हो । तामाकोशी ढुवानी सेवा समितिका रामेछापका अध्यक्ष नविन कार्कीको मिनी ट्रकमा रातीको समयमा आगो लागेको बताए । बा ५ ख ३७४४ नम्बरको मिनी ट्रकमा आगो लागेको खबर प्राप्त हुन साथ घटनास्थलमा प्रहरी पुग्दा ट्रक पूर्ण रुपमा जलेको थियो ।

मन्थली नगरपालिका वडा नम्बर ५,सुनारपानी – सालु सडक खण्डमा पर्ने चालक सन्देश कार्कीको घरछेउमा पार्किङ गरेर राखिएको मिनिट्रकमा आगो लगाएको अध्यक्ष कार्कीले जानकारी दिए । आगोले गाडी पूर्णरुपमा जलेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले घटनाको अनुसन्धान भइरहेको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘चालकले ट्रक राकेर भित्र गएको र केही समयपछि नै आगो लागेको बताएका छन, घटनाको प्रारम्भिक अनुसन्धानमा अज्ञात समुह बन्ने बुझिदैन ।’ अध्यक्ष नविन कार्कीले भने अज्ञात समुहले ट्रकमा आगो लगाएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्