मन्त्री ढुंगेलले पूरा गरे बाचाः रामेछाप जिल्लामै पहिलो कर्भड हल बन्दै



१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक सुविधा सम्पन्न आधुनिक कर्भड हल निर्माण हुने भएको छ । सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कर्भड हल निर्माण हुने भएको हो । तीन नम्बर प्रदेश सरकारको लगानीमा मन्थलीमा कर्भड हल निर्माण हुने भएपछि रामेछापवासी उत्साहित भएका छन् ।


तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार रामेछाप जिल्लामै पहिलो ठूलो कभर्ड हल निर्माण हुन लागेको हो । तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत निर्माण हुन लागेको कर्भड हलको डिजाइनको काम सम्पन्न भइसकेको छ । कभर्ड हल निर्माण गर्नको लागि करिब १३ करोड रुपैयाँ खर्च हुने भएको छ ।


तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लामा पहिलो पटक बन्न लागेकाे  कभर्ड हलकाे लागि बजेटको अभाव हुन नदिने बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनको बेला गरेको प्रतिबद्धता पूरा गरेको छु, बजेटको अभाव हुन दिन्न तीन बर्षभित्र सम्पन्न गराउन भूमिका खेल्छु ।’

प्रतिक्रिया दिनुहोस्