रामेछापका जेष्ठ नागरिकहरुको गुनासो सुन्दै प्रहरी



१६ भदौ, रामेछाप ।
जेष्ठ नागरिकहरुको गुनासो र समस्या बुझनको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले सक्रियता बढाएको छ । समुदाय–साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले जिल्लाभित्रका जेष्ठ नागरिकहरुको समस्या बुझ्ने कार्यक्रमलाई अगाडि बढाएको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जेष्ठ नागरिकहरुको सुरक्षा र उहाँहरुले समाजमा भोग्नु परेको समस्याको बारेमा बुझने कार्यक्रम सुरु गरिएको बताए । उनले जेष्ठ नागरिकहरुको सुरक्षा र उहाँको विरुद्धमा हुने अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए ।


जेष्ठ नागरिक मञ्च रामेछापका अध्यक्ष नारायणदा श्रेष्ठ सहित ५५ जना भन्दा जेष्ठ नागरिकहरुसँग प्रहरीले अन्र्तक्रिया कार्यक्रम गरेको हो । प्रहरी प्रमुख भट्टराईले जिल्लाको आठ वटै स्थानीय तहमा जेष्ठ नागरिकहरुको सुरक्षाको लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्