मन्थलीको बान्द्रेमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्य दुई घाइते



राजन महतारा क्षेत्री 

१७ भदौ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–२ बान्दे्रमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान मन्थलीबाट खिम्ती सिमेन्ट लिएर जादै गरेको ट्याक्टर बान्द्रेमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । ना ६ त ६३०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक मन्थली नगरपालिका–१३ का धु्रव रोक्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले रामेछाप न्युजलाई बताए ।

दुर्घटनामा परी मन्थली नगरपालिका–७ का २२ वर्षिय रोशन परियार र दोरम्बा गाउँपालिकाका १७ वर्षिय दिनेश नेपाली घाइते भएका छन् । घाइते मध्ये रोशन परिचरलाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ भने अर्का घाइते नेपालको तामाकोसी अस्पतालमा उपचार भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकबाट करिव एक सय ५० मिटर तल खसेको छ । पछिल्लो समय रामेछाप जिल्लामा ट्याक्टर दुर्घटना हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्