मानव सेवामा निरन्तर रेडक्रसः रामेछाप ३१ जनाद्धारा रक्तदान



१९ भदौ, रामेछाप ।

नेपाल रेडक्रस सोसाइटीकोे ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन । रक्तदाताहरुलाई धन्यबाद सहित प्रमाण–पत्र प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्ला अस्पताल रामेछापमा रहेका २२ जना विरामीहरुलाई फलफूल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्रि जय प्रकाश श्रेष्ठले जानकारी दिए ।

मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ (लभ) भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले स्थापना दिवस मनाउदै आएको छ ।

२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याउदै आएका छन् । रेडक्रसका स्वयंसेवक एवं कर्मचारीहरुको सेवा भाव, त्याग र समर्पण संकेत गर्दछ । मानवीय सेवामा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्