उमाकुण्ड गाउँपालिकामा एक बर्षभित्र विद्युतीकरण गर्न कुलमान घिसिङको निर्देशन



१९ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी एक बर्षभित्र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाभित्र पूर्ण रुपमा विद्युतीकरण गर्न निर्देशन दिएका छन् । उनले विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीलाई दशै अघि नै सम्भव हुनेसम्म विद्युतीकरण गर्न निर्देशन दिएका हुन् ।


उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विद्युतीकरणको काम तत्काल अगाडि बढाउन घिसिङसँग भेटेरै आग्रह गर्नुभएको छ । अध्यक्ष सुनुवारसँगको भेटमा उनले विद्युतीकरणको काम अगाडि बढेकाले जतिछिटो सक्ने पक्षमा प्राधिकरण गरेको बताएका छन् ।

घिसिङले गृह जिल्ला रामेछापलाई एक बर्षभित्र जिल्लालाई उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । रामेछाप जिल्लामा प्राधिकरण र वल्ड बैंकको लगानीमा धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्