१ करोड ७८ लाखमा बन्यो दोरम्बा गाउँपालिकाको भवन



१९ भदौ, रामेछाप ।
स्थानीय सरकार सञ्चालन भएको तीन बर्षपछि दोरम्बा गाउँपालिकाको आफ्नै भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र टोकरपुरस्थित थामचौरमा प्रि–फ्याक्क भवन निर्माण भएको हो । गाउँपालिकाले १ करोड ७८ लाख  लगानीमा भवन निर्माण सम्पन्न भएको दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्रबहादुर थापामगरले रामेछाप न्युजलाई जानकारी दिए ।


गाउँपालिकाले निर्माण गरेको भवनमा करिब २८ वटा कोठा रहेको बताउदै दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले डेढ सय जना अटने सभा हल समेत रहेको बताए । गाउँपालिकाको भवन निर्माण गर्नको लागि स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए । गाउँपालिकाको भवन निर्माण भएपछि एउटै भवनबाट नागरिकहरुले सेवा पाउने भएका छन् ।

अर्थमन्त्रीले भवनको उदघाटन गर्दै
गाउँपालिकामा नवनिर्मित भवनको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघाटन गर्ने भएका छन् । मन्त्री ढुंगेलले दोरम्बा गाउँपालिकाभित्र प्रदेश सरकार अन्तर्गत भएका विकास निर्माणको कामको अनुगमन समेत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्