रामेछापको सानः लोक स्टारमा फेरि उत्कृष्ट बने रामकुमार नेपाली



२० भदौ, काठमाडौं ।
लोक गायन प्रतियोगीता अन्तर्गत जारी ‘‘नेपाल लोक स्टार’को प्रतियोगीतमा रामेछापका रामकुमार नेपालीले पुनः उत्कृष्ट भएका छन् । बिहिबारको श्रृखंलामा प्रतिस्पर्धी नेपालीले चारै जना निर्णायकको मन जितेर झन उत्कृष्ट हुन सफल भएका हुन् । कथानक चलचित्र छक्कापञ्जा–३ को पहिलो नम्बरमा गीतमा दमदार प्रस्तुती दिएका थिए । निर्णायकको मन जितेर ‘पफर्मर अफ द डे’ घोषित भएसँगै टप ९ को सुरक्षित स्थानमा छन् । यो संगै उनी तीन पटक पफर्मर अफ द डे घोषित भएका छन् ।

नेपालीले टप ९ मा आएसँगै अझै धेरै भोट गरेर टप ८ मा ल्याउनको लागी सबै दर्शक स्रोतालाई भोट गर्न आग्रह गरेका छन् । उनले लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् ।

रामेछाप जिल्लामा जन्मिएका रामकुमार नेपालीलाई भोट गर्नको लागि तपाईंको आफ्नो मोबाइलको म्यासेज बक्स मा गएर एल टाइप गरि १ स्पेस दिएर उनको को भोटिङ कोर्ड २३ लेखी ३७००० मा सेण्ड गरि गरी भोट गर्न सकिनेछ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्