दोरम्बा गाउँपालिकाकाे नवनिर्मित भवन अर्थ मन्त्री ढुंगेलद्धारा उदघाटन (फोटोफिचर)



२० भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाको नवनिर्मित भवन तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघान गरेका छन् । गाउँपालिकाको केन्द्र टोकरपुरस्थित थामचौरमा १ करोड ७८ लाख रुपैयाँमा निर्माण गरेको प्रिफ्याक भवन मन्त्री ढुंगेलले आज उदघाटन गरेका हुन् ।
कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, नेकपाका नेताहरु आनन्द श्रेष्ठ, तुला प्रसाद कडेल, लव श्रेष्ठ, प्रकाश कुमार कार्की, नेकपा दोरम्बा गाउँपालिकाका प्रस्तावित अध्यक्ष हिरा श्रेष्ठको सहभागीता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ सहित वडा अध्यक्षहरुले मन्त्री ढुंगेल सहितका अथितिलाई स्वागत गरेका थिए ।
नवनिर्मित गाउँपालिकाको भवन आधुनिक र व्यवस्थति गरहेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले सभा हल सहित एकीकृत रुपमा सेवा प्रवाह गर्ने गरी गाउँपालिकाको भवन निर्माण गरिएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्