मन्थली–गाल्वा–चौरीखोला सडक कालोपत्रे हुन्छः अर्थमन्त्री ढुंगेल (भिडियाेसहित)



२० भदौ, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताएका छन् । उनले विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।


दोरम्बा गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले जिल्लाको मुख्य सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने,‘मन्थली–गाल्वा–चौरीखोला जोडन सडक कालोपत्रे हुन्छ, यस बर्ष चार करोड रुपैयाँ अतिरित्त बजेट विनियोजन गरेका छौं ।’

उनले डडुवा–गाल्वा सडकलाई पनि कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको घोषणा गरे । ‘रामेछापमा राम्रो बजेट छ, विकास निर्माणको कामले तीब्र गतिको साथ अगाडि बढेको छ’, उनले भने,‘रामेछापवासीले अब केबलकार चढने हैसियत बनाइसकेका छन् ।’

 

 

https://www.facebook.com/dinesh.party/videos/10215740456806056/

प्रतिक्रिया दिनुहोस्