जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न सकेननः नेता श्रेष्ठ



२० भदौ, रामेछाप ।
नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गर्न नसकेको बताएका छन् । उनले नेकपा नेतृत्वको केन्द्रदेखि स्थानीय तहसम्म सरकार हुँदा पनि जनअपेक्षा पूरा हुन नसकेको बताएका हुन् ।


रामेछाप लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङस्थित बालज्योती माविको नवनिर्मित विद्यालय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्र र जनताको हित विपरीत नेताहरुलाई काम गर्ने छुट नभएको बताए । ‘

गलत काम गर्नेहरुलाई इतिहासले कठघरामा उभ्याएको छ’, उनले भने,‘गतल कामको विरुद्ध जनताले हस्तक्षपकारी भूमिका खेल्नु पर्छ, जनताले सचेततापूर्वक ढृढतापूर्वक आवाज उठाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्