रामेछापको बाम्तीभण्डारमा मध्यरातमा आगलागी



बिष्णु खड्का
२१ भदौ, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– २ बाम्तीभण्डारमा मध्यरातमा आगोलागी हुँदा एक घर जेलेर नष्ट भएको छ । रत्नज्योतीस्थित बिशाल बस्नेतको घरमा आगोलागी हुँदा घर पुर्ण रुपमा जलेर क्षति पुगेको हो । आगलागीबाट सोही घरसँगै रहेको मोटर साइकल वर्कसपमा समेत क्षति पुगेको बाम्ती प्रहरी चौकीका असई नेत्र काफ्लेले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार राति करिब १ बजेको समयमा आगोलागी भएको थियो । रातीको समयमा आगोलागी भएपनि कुनै पनि मानविय क्षति नभएको प्रहरीले बताएको छ ।
बाम्ती प्रहरी चौकी र स्थानीयबासीहरुको सहयोगले करिब २ घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगो भान्साबाट ग्यास लिक भएर लागेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । तर के कारणले आगोलागी भयो भन्ने कारण भने खुल्न सकेको छैन् । आगलागीबाट लत्ताकपडा, खाद्यान्न, लगायत नगद ६० हजार रुपैया र ५ तोला सुन समेत जलेर नष्ट भएको पीडित परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्