निलम्बित खड्का भन्छन–म माथि अन्याय भो अब हेडक्वार्टरमा उजुरी दिन्छु



२२ भदौ, काठमाडौं ।
नेकपा जिल्ला कमिटीका सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफूमाथि पार्टीले अन्याय गरेको बताएका छन् । उनले पार्टीको जिल्ला कमिटीले गर्नुपर्ने निलम्बन प्रदेश कमिटीले गरेको भन्दै आपत्ति जनाएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष खड्काले भने,‘मैले राम्रो काम गर्दागर्दै पार्टीले म माथि अन्याय गर्यो, अब हेडक्वार्टरमा उजुरी दिन्छु ।’ पार्टीको तीन नम्बर प्रदेश कमिटिले पार्टी नीति विपरीत काम गरेको भन्दै खड्कालाई निलम्बन गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको छ ।
तर खड्काले जिल्ला अदालतमा मुद्दा हारे उच्च अदालत र सर्वोच्च अदालत जान पाइने बताउदै निलम्बन फुकुवा गरी पाउ भन्दै पार्टी हेटक्वार्टरमा उजुरी दिने रामेछाप न्युजलाई बताए । पार्टीले निलम्बन गर्ने निर्णय गरेसँर्गै अध्यक्ष खड्का स्वतन्त्र अध्यक्ष भएका छन् ।

खड्कामाथि गाउँपालिकाभित्र विद्युतीकरण काममा घोटला गरेको आरोप उपाध्यक्ष सहित बहुमत कार्यपालिकाका सदस्यहरुले लगाएका छन् । जुन विवादकै कारण खड्का पार्टीको कारवाहीमा परेका हुन् । खड्का स्थानीय निर्वाचन अघि राप्रपाबाट तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । खड्काले अध्यक्ष भएदेखि गाउँपालिकामा पटक–पटक विवादमा तानिदै आएका थिए ।
पार्टी कमिटीमा खड्काले पटक–पटक गल्ती नगर्ने प्रतिबद्धता जनाए पनि गल्ती दोहो¥याएको कारण निलम्बन गर्नुपर्ने अवस्था सृजना भएको नेकपाका एक जिल्ला नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्