मन्थली–लुक्ला नियमित उडानको लागि पहल भइरहेकाे छः मन्त्री ढुंगेल



२२ भदौ, काठमाडौं ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्थली विमानस्थलबाट लुक्ला नियमिति उडानको लागि पहल गरिरहेको बताएका छन् । उनले जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि पनि मन्थली–लुक्ला उडानलाई नियमित गर्नुपर्ने काममा आफूहरु लागि परेको बताएका हुन् ।


मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘लामो पहल गरेकै कारण मन्थली विमानस्थल कालोपत्र भएको छ, संघीय सरकारले स्तरउन्तती पनि गर्दै छ, राजधानी काठमाडौंको नजिकै रहेको मन्थली विमानस्थलबाट अब लुक्ला नियमित रुपमा उडान गर्नुपर्छ ।’ उनले मन्थली–काठमाडौं पनि साताको एक दिन उडान गर्नुपर्ने पक्षमा संघीय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईसँग कुराकानी भइरहेको बताएका ।

पर्यटन मन्त्री भट्टराईले राजधानी नजिकै रहेको मन्थली विमानस्थलको स्तरउन्तती गर्ने कार्यक्रमलाई आफ्नो प्राथमिकता राखेका छन् । यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने समयमा विकल्पमा मन्थली–लुक्ला उडान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्