नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न प्रजिअ पाण्डेको निर्देशन



२२ अदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले कर्मचारीहरुले नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकमैत्री सेवाले मात्र कर्मचारीहरुले नागरिकको मन जित्न सक्ने बताउनुभएको हो ।


निजामती सेवा दिवको अवसरमा सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले नागरिकलाई केन्द्रविन्दुमा राखेर नागरिकमैत्री सेवा प्रवाह गर्न कर्मचारीलाई उर्जा मिलोस भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्