रामेछापका कैदी बन्दीको बयान अब भिडियो कन्फरेन्सबाटै हुने



राजन महतारा क्षेत्री
२४ भदौ, रामेछाप । प्रविधिको प्रयोग गर्दै जिल्ला काराकार रामेछापले भिडियो कन्फरेन्सबाटै बयान लिन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्ने कारागार कार्यालयले यस्तो प्रविधि प्रयोग गर्न लागेको हो ।
जिल्ला कारागार कार्यलय रामेछापका प्रमुख मातृका प्रसाद दाहालले कारागारमै एउटा छुट्टै कोठामा जडान गरिएको भिडियो कनफ्रेन्स सेवा छिट्टै प्रयोगमा ल्याउन लागिएको बताए । सेवा सुरु भएपछि कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाबाहिरका अदालतमा बयानका लागी पठाउनु पर्ने समस्या हटछ, उनले भने ।


अब कारागारभित्रबाट सम्बन्धित अदालतका न्यायाधीसले भिडियो कन्फरेन्सबा बयान लिन सक्नेछन । कारागार प्रमुख दाहालका अनुसार कैदीहरुलाई बयानका लागि अदालत पठाउँदा एक जना कैदी बन्दी बराबर दुई जना सुरक्षाकर्मी र एक जना कर्मचारी अनिवार्य पठाउनु पर्ने बाध्यता हटनेछ । यो प्रविधि लागू भएपछि कुनैपनि कैदी बन्दीलाई अदालत लैजाने झन्झट नरहने उनले बताए ।

अन्तराष्ट्रिय मान्यता अनुसार नेपालका कारागारहरुमा पनि ‘भिडियो कन्फरेन्स’मार्फत् कैदीबन्दीले पेसी लिन पाउने छन् । केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला कारागारका कैदीबन्दीलाई सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट पेसीका लागि न्यायाधीशले सीधै प्रश्न सोध्न पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्