हिमाली जिल्ला रामेछापमा पनि छिर्यो डेंगु



२५ भदौ, रामेछाप ।
देशको ६१ जिल्लामा फैलिएको डेंगु रोग हिमाली जिल्ला रामेछापमा पनि देखिएको छ । रामेछापको सदरमुकाम मन्थलीमा डेंगुको उच्च खतरामा रहेको छ । गर्मी धेरै हुने र लामखुट्टे लाग्ने हुँदा सावधानी अपनाउन मन्थली नगरपालिकाले आग्रह गरेको छ । डेंगु रोगको संक्रमण रामेछापमा पनि भित्रिएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा–४ की ५ वर्षिय अनिसा महतमा डेंगुको संक्रमण देखीएको हो ।


केही समयदेखि ज्वरो आउने,रिंगटा लाग्ने भएपछि महतलाई थप उपचार गर्न काठमाडौंस्थित बालमैत्री अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको थियो । परिक्षणका क्रममा चिकित्सकले उनलाई डेंगु भएको पुष्टि गरेको परिवारले बताएको छ ।

डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिदै आएका छन् । घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमलाजस्ता ठाउँहरूमा पानी जम्न नदिनु नै डेंगुबाट बच्न सकिने उपाय चिकित्सले सुझाव दिएका छन् ।
देशैभरी फैलिएको डेंगु रोगको संक्रमण रामेछाप जिल्लामा पनि देखिएपछि जिल्ला स्वास्थ्य कार्यलय रामेछापले सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । देशको ६१ ििजल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको र हालसम्म डेंगुबाट ६ जनाको मृत्यु समेत भइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ६ हजार भन्दा बढी बिरामी परेका छन् ।

जिल्ल्ला स्वास्थ्य कार्यालयले रामेछापको ८ स्थानीय तह र ६४ वटा वडाले नै विशेष अभियान मार्फत डेंगु नियन्त्रणमा लाग्नुपर्ने आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्