रामेछाप कांग्रेसको अभियानः जागरणसँगै डेंगुको बारेमा जनचेतना



२६ भदौ, रामेछाप ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी रुपमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गरेको छ । हरेक निर्वाचन क्षेत्रमा नेताहरुलाई खटाएर कांग्रेसले जागरण अभियान सञ्चालन गरेको हो । त्यसैगरी नेपाली कांग्रेस रामेछापले पनि गाउँगाउँमा जागरण अभियान सञ्चालन गरेको छ ।
कांग्रेसले रामेछापको प्रिति र चनखुमा एकसाथ जागरण अभियान सम्पन्न गरेको छ । कार्यक्रममा काग्रेसका केन्द्रीय प्रतिनिधि ,जिल्लास्तर र स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

रामेछाप प्रदेश सभा क मा केन्द्रीय प्रतिनिधि देवी न्यौपानी खटिएका छन् । प्रदेश सभा ख मा केन्द्रीय प्रतिनिधि बर्मा लामा खटिएका छन् । कांग्रेसका नेताहरुसँग कार्यकर्ताहरुले पार्टीभित्र देखिएको गुटबन्दीले दिक्क लागेको गुनासो गर्दै गुटबन्दी अन्त्य गर्न माग गरेका छन् ।

कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले पार्टीले जागरण अभियानसँगै देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रणको लागि पनि जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने रामेछाप न्युजलाई बताए । उनले भने,‘पार्टीले सञ्चालन गर्ने जागरण अभियानमा डेंगुबाट सावधानी अपनाउने विषयमा पनि जानकारी गराउछौं ।’

प्रतिक्रिया दिनुहोस्