केही दिनभित्रै नेकपा रामेछापको एकता टुंगो लाग्छः पौडेल



२८ भदौ, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले केही दिनभित्र नै पार्टी एकताको काम सम्पन्न गर्ने बताएका छन् । उनले जिल्ला कार्यालय, स्थानीय कमिटी र वडा कमिटीको एकता टुंगो लगाउन पार्टीको बैठक भइरहेको बताएका हुन् ।
पौडेलले रामेछाप न्युजसँग भने,‘एकीकरणको बाँकी काम अन्तिम चरणमा पुगेको छ, केही दिनभित्र नै घोषणा गछौं ।’ पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच स्थानीय कमिटीको नेतृत्व लिने विषयमा भागवण्डा भइसकेको छ ।


रामेछापको ८ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहको कमिटीमा पूर्व एमाले र तीन वटा स्थानीय कमिटीमा पूर्व माओवादीले नेतृत्व गर्ने सहमति भइसकेको छ । सहमति अनुसार पार्टी एकीकरण हुनुपूर्व नेतृत्व लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाउने गरी नाम समेत टुंगो लगाई सकेको छ ।

सात सदस्यीय कार्यालय टिमको लागि पूर्व एमालेले तीन जनाको नाम छनोट गरे पनि पूर्व माओवादीले भने कार्यालयमा रहने दुई जनाको नाम छनोट गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्