रामेछापमा कार्यकर्ता जगाउदै कांग्रेस, गाउँगाउँमा यस्तो छ कार्यक्रम (सूचिसहित)



तस्बीरः रत्नहरि ढुंगेलबाट

२९ भदौ, रामेछाप ।
नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान देश व्यापी रुपमा सञ्चालन गरेको छ । जागरण अभियान रामेछाप जिल्लाभित्र पनि सुरु भएको छ । कांग्रेस रामेछापले गाउँगाउँमा पुगेर कार्यकर्ता जगाउने कार्यक्रम बनाएको छ । कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले जिल्लाको गाउँगाउँ र टोलटोलमा पुगेर कार्यकर्ताको गुनासो सुन्ने बताए । उनले भने,‘कार्यकर्ताहरुलाई अहिलेको अवस्थाको जानकारी गराउछौ, उहाँहरुको गुनासो सुन्छौ र आगामी योजना बनाउछौं ।’

कांग्रेसले प्रदेश क अन्तर्गत असोज ४ गते गोकुलगंगा गाउँपालिकाको बेताली, असोज ५ गते लिखु तामाकोसी गाउँपालिकाको धोवी, असोज ६ गते रामेछाप नगरपालिकाको रामेछाप डाँडामा कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश ख अन्तर्गत असोज ३ गते दोरम्बा गाउँपालिकाको टोकरपुर, असोज ४ गते सुनापती गाउँपालिकाको हिलेदेवी, असोज ५ गते खाँडादेवी गाउँपालिकाको माकादुम र असोज ६ गते मन्थली नगरपालिका र असोज ७ गते मन्थली नगरपालिकाको बिपी चोकबाट भैंसेश्वर वरको चौरामा पुगेर कार्यक्रम समापन गर्ने कार्यक्रम तयार गरेको छ ।

जागरण अभियानको अनुगमन हुने
कांग्रेसले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन समेत गर्ने व्यवस्था गरेको छ । पार्टीले सञ्चालन गर्ने कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थितिको बारेमा पनि अनुगमन गर्ने भएको छ । प्रदेश क भित्र हुने कार्यक्रमको अनुगमन गंगा अधिकारी र प्रदेश ख को कार्यक्रमको अनुगमन निर्मिला घिमिरेले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्