पार्टी नीति र विधिमा चल्नु पर्छः नेता श्रेष्ठ



२९ भदौ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद समेत रहेका नेकपा रामेछापका सह इन्चार्ज श्यामकुमार श्रेष्ठले पार्टी नीति र विधिमा चल्नु पर्ने बताएका छन् । उनले । पार्टीको नीति विचार सिद्धान्त र आर्दशमा प्रतिबद्ध भएर अगाडि बढनु पर्ने बताएका हुन् । नेता श्रेष्ठले पार्टीको कार्यकर्ताको चाहना र भावना बुझन नसक्ने नेतृत्वले जनताका भावना झन बुझन नसक्ने बताए ।


पार्टी एकीकरणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दे रामेछाप जिल्लाको पार्टी एकीकरणको काम टुंगो लगाउन सघन छलफल भइरहकोले केही दिनभित्र नै पदाधिकारीको बैठक बसेर टुंगो लगाइने श्रेष्ठले बताए । ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई वेवास्था गर्ने हो भने पार्टीलाई सुदृढ बढाउन सम्भव छैन, जनवादी केन्द्रीयता नै पार्टीलाई सदृढ गर्ने एक मात्र विकल्प हो’, उनले भने ।

राष्ट्रिय वाल दिवसको अवसरमा खाँडादेवी गाउँपालिका टिमुस्थित कृष्ण माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले संघीयता नचाहने शक्तिहरु सलबलाउन खोजेको बताए । उनले संघीयता विना राजनीतिक स्थायित्व र विकास सम्भव नभएको बताउदै परिवर्तनकारी शक्तिहरु एकताबद्ध भएर अगाडि बढनु पर्नेमा जोड दिए ।

मन्थली पकरवास गाल्वा चौरी जोडन सडक कालोपत्रे गर्ने क्रम अगाडि बढिसकेको बताउदै यसको लागि संघीय सरकारको तर्फबाट थप बजेट पार्नको लागि पहल गर्ने बताए । सांसद श्रेष्ठले विद्यालय भवन निर्माणको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, प्रदेश सांसद एवं नेकपा रामेछापका सचिव शान्ति पौडेल, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्