रामेछाप भित्र्ने सबै गाडीमाथि अब कडाईपूर्वक चेकजाँच हुन्छः डिएसपी भट्टराई



३० भदौ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप भित्रने सार्वजनिक यातायातमाथि जिल्ला भित्र्ने मुख्य नाका सेलेघाटमा चेकिङ हुने बताउनुभएको छ । उहाँले असोज ५ गतबाट सवारी साधनमाथि कडाइपूर्वक चेकिङ हुने बताउनुभएको हो ।

जुन गाडीले बढी भाडा असुलेको प्रमाणित हुन्छ त्यस गाडीलाई जरिवाना गराउने मात्र हैन दशै भर चल्न नपाउने गरी नियन्त्रणमा लिन्छौ, भट्टराईले रामेछाप न्युजसँग भन्नुभयो । गाडी रोकेर यात्रुहरुसँग भाडाको विषयमा सोधपुछ हुने बताउदै उहाँले यात्रुले ठगिएको उजुरी गरे ठाउँको ठाउँ गाडी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

चेकिङको क्रममा छतमा यात्रु बोक्न नदिने, चालकको अवस्था बुझने र भाडाको बारेमा समेत अनुगमन गछौं, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्