खाँडादेवी गाउँपालिकामा पहिलो स्मार्ट लाइब्रेरी सञ्चालनमा



३१ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिका–७ टिमुस्थित कृष्ण माविमा पूर्व विद्यार्थी समाजको सक्रियतामा पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा आएको हो ।

विद्यालयको आग्रहमा अनेरास्ववियुका नेता एवं कृष्ण माविका पूर्व विद्यार्थी एकता समाजका अध्यक्ष कृष्ण थापा मगरको नेतृत्वमा गाउँपालिकाभित्रकै नमूना लाइब्रेरी सञ्चालन भएको छ । पूर्व विद्यार्थी समाजले विज्ञान, प्रविधि, साहित्य, कला, राजनीति, अर्थशास्त्र, भूगोल, संस्कृति लगायतका गरी तीन हजार पुस्तक लाइब्रेरीमा उपलब्ध गराएको छ ।

गाउँपालिकाको करिब ६ लाख आर्थिक सहयोग रहेको लाइब्रेरीमा पुस्तक, ५५ इन्चको टेलिभिन र सिसी क्यामेरा गरी पूर्व विद्यार्थी समाजले दस लाख भन्दा बढीको लगानी गरेको छ । पूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण थापा मगरेले कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थीहरुले सबै विषयको पाठयक्रममा समावेश भएका विषयहरु भिडियो मार्फत टेलिभिजनबाट पढन सक्ने गरी व्यवस्था मिलाएको रामेछाप न्युजलाई बताए ।

प्रयोगात्मक शिक्षामा जोड दिनको लागि प्रविधिको प्रयोग गरेर स्मार्ट लाइब्रेरी सञ्चालनमा ल्याएको बताउदै उनले भने,‘पठनपाठनमा नयाँ संस्कृति बसाल्न स्मार्ट लाइब्रेरी सञ्चालनमा ल्याएका हौं ।’ लाइब्रेरीमा एक पटकमा चालिस जना विद्यार्थीले पढन सक्ने छन् ।
स्मार्ट लाइब्रेरी सञ्चालन गर्नको लागि विद्यालयमा अध्ययन गरेर १ सय ५० जना भन्दा बढी पूर्व विद्यार्थीहरुले किताब र आर्थिक सहयोग गरेका थिए । समाजले एक पूर्व विद्यार्थी बराबर एक पुस्तकको अभियान सञ्चालन गरेको थियो ।

समाजका अध्यक्ष थापा मगरले पुस्तकको लागि पुस्तक प्रकाशन गृह र पूर्व विद्यार्थीहरुले सहयोग गरेको बताउदै आगामी दिनमा पनि विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्नको लागि सहयोग गर्ने बताए । २०३५ सालमा स्थापना भएको विद्यालयमा हाल चार सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

२९ औं वाल दिवसको अवसरमा पूर्व विधार्थी एकता समाजको सहयोगमा निर्मित स्मार्ट लाइब्रेरीको पूर्व गृह राज्यमन्त्री समेत रहेका रामेछापकाप प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले उदघाटन गरेका थिए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला कमिटीका सचिव एवं प्रदेश सांसद शान्ति पौडेल, खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ र साबिक अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव उत्तम अधिकारी, सचिव डिबी साउद लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Qu1qz6T1m, OkYel9eUhVqbEy, mTOKga, FjYdVpw6G, iY7Y, ekXoONs5ny, z4YlRVyqM, pzQXgzx, JTDFKRMsl7