नेपालथोकको बगरमा हेलिकोप्टर अवतरणः स्थानीय अचम्मित (फोटोफिचर)



३१ भदौ, काभ्रे ।
लुक्लाबाट काठमाडौंको लागि उडेको हेलिकोप्टर मौसम खराबको कारण सिन्धुलीको नेपालकोथकमा आकास्मिक अवरण भएपछि स्थानीय अचम्मित भएका थिए । मौसम खराब भएको र बाक्लो कुहिरो लागेको कारण हेलिकोप्टरका पाइटलले आकास्मिक रुपमा नेपालथोकको बगरमा हेलिकोप्टर अवतरण गरेका थिए । नेपालथोक र पाँचखालमा धमाधम हेलिकोप्टर अवतरण गरेपछि स्थानीयले आत्तिएर प्रहरीलाई हेलिकोप्टर खसेको खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले रामेछाप न्युजसँग भने,‘सुरुमा त स्थानीयले हेलिकोप्टर खसेको खबर गरेका थिए, तत्काल प्रहरी परिचालन गरेसँगै मौसमको कारण आकास्मिक रुपमा अवतरण गरेको रहेछ । नेपालथोकमा अवतरण गरिएको हेलिकोप्टर मध्य रोशी खोला किनारमा अवतरण गरेको हेलिकोप्टर भने अझै उडन नसकेको स्थानीय राज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्