रामेछापमा कक्षा ८ मा पढने विद्यार्थीले बनाए हेलिकोप्टर र स्काभेटर



१ असाेज, रामेछाप ।
रामेछापका एक विद्यार्थीले आफ्नै सीप प्रयोग गरेर हेलिकोप्टर, स्काभेटर र तोप बनाएका छन् । उमाकुण्ड गाउँपालिकाले सातौ बिज्ञान तथा प्रबिधि दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महालंगुर मावि गुम्देलमा कक्षा ८ मा अध्यनरत विद्यार्थी बिशाल गुरुङले निर्माण गरेको स्काभेटर, तोप र बन्दुक उमाकुण्ड गाउँपालिकाको चण्डेश्वरी माविमा प्रदर्शन गरिएको छ ।

प्रर्दशनीमा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, जनप्रतिनिधि र उपस्थित स्थानीयलाई विद्यार्थी गुरुङले अचम्ति पार्ने गरी तोप पडकाएर देखाएका थिए । त्यसैगरी उनले सीप प्रयोग गरेर निर्माण गरेको स्काभेटर चलाएर देखाउदा उपस्थित स्वायावसी दिदै ताली ठोकेका थिए ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विद्यार्थीको कला राम्रो भएकाले आगामी दिनमा गाउँपालिकाले सम्मान गर्दै प्रोत्साहन गर्ने बताए । गाउँपालिकाभित्र नै आशा लाग्दो विद्यार्थी पाएका छौ, विद्यार्थीको ज्ञान र सीपलाई थप प्रबद्र्धन गर्ने गरी हामी योजना अगाडि बढाउछौ, उनले रामेछाप न्युजसँग भने ।
गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष सुनुवारले प्रदेश सरकार केन्द्र सरकारसँग पनि आग्रह गरेर उदाउदो प्रतिभालाई माथि लैजान सहयोग गर्ने बताए । ‘अहिले नमूनाको रुपमा मात्र गुरुङले देखाउने काम गरेका छन्, उनको सीपलाई प्रयोग गर्न सके देशलाई नै योगदान हुनेछ’, उनले भने,‘१५ बर्षमा नै देखिएको यो प्रतिभालाई सक्दो सहयोग हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्