रामेछापको सिडियोको हातको कुचो (फाेटाेफिचर)



२ असोज, रामेछाप ।
संविधान दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सरसफाई कार्यक्रम आयोजना गरेर मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले हातमा झाडु लिएर सरसफाइ अभियानको नेतृत्व गर्नुभएको थियो ।

सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराई, मन्थली नगरपालिकाका जनप्रतिनिधि र बजारवासीको सहभागीता रहेको थियो ।

मन्थलीका विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताउनुभयो । केही समययता मन्थली बजारमा सडक विस्तारको कारणले गर्दा मन्थलीको पहिचान हिलो र धुलोमा रुपान्तरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्