मन्थलीमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)



३ असोज, रामेछाप ।
चौथौ संविधान दिवस रामेछापको सदरमुकाम मन्थलीमा भव्य रुपमा मनाइएको छ । संविधान दिवस जिल्लास्तरीय मुल समारोह समितिको आयोजना शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मन्थली माविबाट सुरु भएको प्रभादफेरि कार्यक्रममा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, प्रदेश नं ३ का सांसद शान्ति पौडेल, समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकका रमेश वस्नेत, रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की लगायत विभिन्न राजनीतिक दलका नेता, जिल्ला स्थित सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिधिहरुको सभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्