मन्थलीको देवकोटा चोकमा राखियो रामेछाप जिल्लाकै अग्लो राष्ट्रिय झण्डा



३ असोज, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा जिल्लाकै अग्लो नेपालको झण्डा फहराइएको छ । चौथो संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रमकोबीच संविधानसभा सदस्य तारानारायण श्रेष्ठले झण्डको उदघाटन गर्नुभयो ।

पहिलो पटक जिल्लामा ठूलो झण्डा फहराइएको छ । संविधानसभा सदस्य श्रेष्ठले करिब पच्चिस फिट उचाइ रहेको झण्डा रामेछाप जिल्लाभरकै ठूलो भएको रामेछाप न्युजलाई बताए । उनले नेपालको संविधान विश्वको लागि नमूना भएको बताउदै कार्यान्वयनको काम पनि सन्तोषजनक ढंगबाट अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्