लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कामाथि कारवाही गर्नुको नौ कारण (पूर्णपाठसहित)



३ असोज, रामेछाप ।
नेकपा जिल्ला कमिटी रामेछापले जिल्ला कमिटीका सदस्य एंव लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि नौ कारणले गर्दा कारवाही गर्नुपर्ने बताएको छ । नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र जिल्ला सचिव शान्ति पौडेलद्धारा हस्ताक्षर गरिएको परिपत्रमा नौ कारणले गर्दा निलम्बन गर्नु परेको कारण खुलाइएको छ ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष समेत रहेका जिल्ला किमिटीका सदस्य खड्काले पार्टी अनुशासन, विधान, विधि र निर्देशनको पालना नगरेको, पालिकाको अािर्थक नियम र विधिको गम्भीर उल्लघंन गर्नुको साथै पालिकाका निर्वाचित सहयोद्धाहरुलाई साथमा लिएर जानु पर्नेमा त्यस विरुद्ध गम्भीर हानी हुने गरी फौजदाी अभियोग जस्ता क्रियाकलाप भएकाले पार्टीबाट कारवाही गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस निलम्बन गर्र्नुको नौ कारण (पूर्णपाठसहित) ।

प्रतिक्रिया दिनुहोस्