गोकुलगंगा गाउँपालिकामा मनाइयो संविधान दिवस



३ असोज, रामेछाप ।
संविधान दिवसको अवसरमा रामेछाप गोकुलगंगा गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा आज बिहान प्रभातफेरी सहित चौथो संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार, उपाध्यक्ष राधिका श्रेष्ठ, वडा अध्यक्ष बलराम खड्का लगायतका जनप्रतिनिधिको साथै स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रममा नेकपामा नेता आनन्द श्रेष्ठ, प्रकाश कुमार कार्की लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्