काठमाडौंमा राँगाको आतंकः प्रहरीले गोली हानेर मार्यो



७ असाेज, काठमाडौं ।

काठमाडौंको न्युरोडमा एउटा राँगालाई प्रहरीले गोली हानेर मारेको छ । मंगलबार विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भाग्दै न्युरोड आइपुगेको थियो । आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै कालिमाटीबाट न्युरोड आइपुगेको थियो । राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् ।

बिहान सखारैको घटना भएकाले सडकमा धेरै मानिस नभएकाले ठूलो क्षति हुन पाएन । प्रहरीले न्युरोड गेट नजिक राँगालाई गोली हानेर ढालेको हो ।

महानगरीय प्रहरी प्रमुख उत्तमराज सुवेदीले ‘प्रहरीको गोली लागेर राँगा मरेको जानकारी दिनुभयो । ‘राँगाले हानेर केही सर्वसाधारण घाइते भएकाहरुको बीर अस्पतालमा उपचार भइरहेको छ ।राँगाको आक्रमणबाट तीनजना मानिस घाइते भएक छन् ।

प्रतिक्रिया दिनुहोस्