गोकुलगंगा गाउँपालिकाभित्र धमाधम सडक मर्मत गरिदै



९ असोज, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले बर्षाको कारण भत्किएको सडक मर्मत गर्ने कार्यक्रमलाई धमाधम अगाडि बढाएको छ । दशैलाई लक्षित गरेर गाउँपालिकाको मुख्य सडक र वडा वडासम्म पुग्ने सडकको मर्मत कार्य अगाडि बढाइएको हो ।


गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बर्षाको कारण भत्किएको सडकको स्तरउन्नतीको काम तीब्र गतिमा अगाडि बढाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको ६ वटा वडालाई शाखा सडक मर्मत गर्नको लागि पाँच÷पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।


गाउँपालिकासँग स्काभेटरले भने मुख्य सडकको मर्मतको लागि प्रयोग गरिएको उहाँले बताउनुभयो । ‘बर्षाको कारण गाउँपालिकाको स्रोत र साधनले मात्र पुग्ने अवस्था छैन’, अध्यक्ष सुनुवारले रामेछाप न्युजसँग भन्नुभयो,‘हाइड्रोपावरसँग स्काभेट, ट्रिपर लोडर सहित आठ वटा मेसिन सहयोग मागेका छौ, गाउँपालिकाले तेल हालेर धमाधम सडक स्तरउन्नतीको काम भइरहेको छ ।’


गाउँपालिकाले मुख्य सडक खिम्तीदेखि गर्जाङसम्मको पचास किलोमिटर सडकको स्तरउन्नतीको काम भइरहेको बताउदै उहाँले दशैको समयमा गाउँपालिकाका जनतालाई सहज रुपमा आवतजावत गर्ने व्यवस्थामा अहोरात्र खटिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्