रामेछापलाई हाम्रो पालामा समृद्ध बनाउँछौः सांसद श्रेष्ठ



१० असोज, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले आफूहरुकै पालामा जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता गर्नुभएको छ । जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताउदै भौतिक पूर्वाधार निर्माणको काम पनि धमाधम अगाडि बढेको बताउनुभएको हो ।

सडक विद्युतीकरण, खानेपानी, स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा विकास हुँदै गएको बताउदै समृद्ध रामेछाप निर्माणको अभियानमा आफूहरु प्रतिबद्ध भएर लागेको बताउनुभयो । ‘विकास निर्माण भएन भनेर गुनासो गर्ने अवस्था छैन, विगतको तुलनामा विकास निर्माणको कामले गति लिएको छ, विकास निर्माणको परिणाम देखिने क्रम सुरु भएको छ ।’

जलविद्युत, कृषि र पर्यटन मार्फत जिल्लालाई समृद्ध बनाउने काममा जनप्रतिनिधिको हैसियतमा रातदिन नभनि भूमिका खेल्दै आएको छु, सांसद श्रेष्ठले भन्नुभयो ।
जिल्ला समन्वय समिति रामेछाले आयोजना गरेको चौथो जिल्ला सभा तथा दोस्रो बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्