ब्रेकिङः गृह मन्त्री चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण



११ असोज, रामेछाप ।
गृह मन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो ।

नेपाली सेनाको एमआई -०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताउनुभयो । हेलिकोप्टरमा गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहनुभएको छ । मौसम बिहानदेखि नै खराब भएको भट्टराईले जानकारी दिनुभयो । मौसममा सुधार भएको अवस्थामा सुरक्षा गोष्ठिमा सहभागी हुन जनकपुर जाने कार्यक्रम रहेको छ । अहिले गृह मन्त्री र गृह सचिव मन्थलीको एक होटलमा खाना खाएर आराम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्