रामेछापमा राखियो नागरिक सहायता कक्षः बढी भाडा लिए ठाउँको ठाउँ कारवाही



११ असोज, रामेछाप ।
दशैमा सर्वसाधारण यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै रामेछाप जिल्लाको दुई स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आजबाट सदरमुकामस्थित बसपार्क र जिल्लाको सेलेघाटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्षमा आउने नागरिकहरुको गुनासो तत्काल सम्बोधन गर्ने भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम भित्रिकोटीले सवारी साधनहरुले बढी भाडा लिएको गुनासो आए ठाउँको ठाउँ कारवाही हुने रामेछाप न्युजलाई बताउनुभयो । नागरिक सहायता कक्षमा जिल्ला रेडक्रस कार्यालयले निःशुल्क रुपमा स्वास्थ्य सेवाको सुविधा पनि उपलब्ध गराएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो पटक नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्